अब बहाना छोडौं, मोडेल परिवर्तन गरौं ।

विकास अनिवार्य सर्त हो । तर,विकासमा भएको तीव्र राजनीतिकरणले अल्पविकसित मुलुकहरूको समग्र विकासमा निकै ठुलो चुनौती थपिएको छ । विकासका लागि गर्नुपर्ने के थियो ? कसरी गर्नुपर्ने थियो ? अवरोधहरू के के हुन सक्थे ?त्यस्ता विषयहरूको अध्ययन अनुसन्धान र समाधानका उपायहरूको विषयमा पहिले अनुसन्धानहुन सकेन । नेपालको विकासको मोडललाई मात्र हेर्ने हो भने, राणा शासनकालको मोडल, पञ्चायतकालको मोडल, प्रजातन्त्र प्राप्त पछिको मोडल, पछिल्लो उपलब्धिको रूपमा रहेको सङ्घीयता प्राप्ति पछिको मोडेलहरूको विश्लेषण गरियो कि गरिएन ?

राणा शासनकालमा विद्यालय खुल्न दिइएन । त्यही भएर अहिले पनि वडा वडामा आफन्तलाई जागिर खुवाउने बहानामा मात्र विद्यालय खोल्नु के उचित थियो ? किन आवश्यकता भन्दा बढी विद्यालयहरू खोलिए ? खोलिएका विद्यालयहरूमा किन वैज्ञानिक प्रणाली लागूहुन सकेन ?हिजो विद्यालय नै थिएनन् । अहिले विद्यालय टोल टोलमा छन् । तर,विद्यार्थी किन छैनन् ? अबमोडल परिवर्तन गर्नुपर्ने बेलाभएको होइन र ?हरेक जिल्लामा डिग्रीसम्मको निःशुल्क आवासीय र अनिवार्य अङ्ग्रेजी माध्यमको पढाई हुने विद्यालय अब जरुरी छ भन्ने विषयकिन अगाडि सार्न सकिदैन ? अनावश्यक विद्यालयहरू तत्काल मर्ज गरेर किनकामगर्न सकिँदैन ? पञ्चायतमा पञ्चेहरु र पञ्चेका आफन्तहरू सम्म मात्र विकास आयो । गाउँमा विकास पुग्न सकेनभनेर प्रजातन्त्र ल्याइयो । प्रजातन्त्र प्राप्ति भन्दा अघि गाउँमा सडक थिएनन्, पुल थिएनन्, स्वास्थ्य संस्था थिएनन् । प्रजातन्त्र प्राप्ति पछि गाउँमा पुगेका सडकहरूमा उत्पादनको अभियान किन थालिएन ? गाउँसम्म सडक त बने तर,गाउँमा बस्ने मानिसहरू भेटिन मुस्किलभयो । अब पनि मोडेल परिवर्तन गर्ने समय आएन ? अझै उही सडक भन्दै कमिसनको नाममा आफन्तको डोजरले काम पाउँछ भन्ने नाममा सडक मात्र खनिरहने हो ?

जनताले जनताद्वारा जनताको शासन सत्ताभित्र रहने गरी निकै प्रभावकारी शासन पद्धति शुरु भयो । त्यसभित्र पनि सङ्घीयता भनेपछि गाउँमै सिंहदरवार आवश्यक भयो । किन प्रजातन्त्र प्राप्ति पछि पनि विकासका ठुला कामहरू केन्द्र सरकारसँग मात्र रहे ? यही विषयलाई लिएर सङ्घीयता चाहिएको हो ? नेपालमाआएको पछिल्लो परिवर्तन साँचो अर्थमा जनताको जीविकोपार्जन सँग प्रत्यक्ष जोडिने विषय बन्नु पथ्र्यो । त्यो हुन सकेन । तर,विकासका विभिन्न आयामहरू गाउँसम्म आए । अधिकारका कुराहरू गाउँसम्म आए । राज्यसत्ता परिवर्तनमा घुमाउरो रूपमा कसरी विभिन्न वैदेशिक निकायहरूले रकमखर्च गरेका छन् ती कुराहरू पनिआए । विकाससँगै विकृतिहरू, भ्रष्टाचारका कुराहरू, ढिला सुस्तीका कुराहरू र अनियमितताका कुराहरू पनि गाउँसम्म आए ।

हुँदा–हुँदा देशको मुहार परिवर्तन गर्ने ठुला आयोजनाहरूमापनि घुमाउरो पाराले विदेशी लगानी भित्रने र विदेशीको इशारामै कामनभएर वर्षौंसम्म योजनाहरू निर्माण हुननसक्ने अवस्थाआयो । त्यसका लागि गोप्य रूपमा स्थानीय व्यक्तिहरुनै परिचालन भए ।यति मात्र होइन स्थानीय स्तरमाअवरोध गर्ने कामहरू पनिभए। यसरी नेपालको कसरी विकास सम्भव हुन सक्छ ? अब विकासको मोडल परिवर्तन गर्नुपर्छ । नीतिगत रूपमै कामचोरहरूलाई कारबाही गर्नुपर्छ । अनावश्यक रुपमाबढी रकमआर्जन गर्नेहरूलाई कारबाहीगर्ने लगायतका कामहरू प्रभावकारी रूपमा अगाडि बढाउनुपर्छ ।अनिमात्र सही रुपमा देशको विकास हुने देखिन्छ । अन्यथा व्यवस्था परिवर्तन भएपनि नेपालीको अवस्था पुरानै अवस्थामा रहने देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार